समानुपातिकको बन्दसूचीबाट महराले हटाउन लगाए आफ्नो नाम – Kanika Khabar
Sunday, September 15Nepali News Portal

समानुपातिकको बन्दसूचीबाट महराले हटाउन लगाए आफ्नो नाम

    मा प्रकाशित

असोज १७, दाङ ।
नेकपा माओवादी केन्द्रले पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले आफ्नो नाम समानुपातिकको बन्द सूचीबाट हटाउन लगाएका छन् । योसँगै आज माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्दसूचीबाट महराको नाम हटाइएको हो ।

‘ पार्टी उपाध्यक्ष महराले आफैंले नाम हटाउन लग स्रोताउनुभएको हो ।’ मोओवादी स्रोतले बतायो।

समानुपातिकको बन्दसूचीबाट नाम हटाएर कतै प्रत्यक्ष निर्वाचनमा महरा होमिने त होइनन् भन्ने आशङ्का पनि बढ्न थालेको छ । महराको संघीय संसदका लागि रोल्पा र दाङ गरी तीन निर्वाचन क्षेत्रबाट उम्मेदवारी सिफारिस भएको छ ।

‘महाराजी प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी हुने भन्नेबारे कुनै त्यस्तो निर्णय भएको छैन । सम्भवतः उहाँ प्रत्यक्ष निर्वाचन पनि लड्नु हुँदैन, हामीलाई आएको जानकारी अनुसार उहाँले आफै नै नाम हटाउन लगाउनुभएको हो । प्रत्यक्ष निर्वाचनमा लड्नका लागि समानुपातिकबाट नाम हटाइएको होइन । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा दाङ जिल्लाका इन्चार्ज निर्मल आचार्यले बताए ।

यसअघि उनको नाम समानुपातिक बन्दसूचीमा एक नम्बरमा रहेको थियो ।

उनी २०७४ सालमा दाङबाट निर्वाचित भएका थिए। माओवादीभित्र सबभन्दा धेरै संसदीय अनुभव भएका उनले २०४८ सालसहित अहिलेसम्म चार वटा निर्वाचन जितिसकेका छन्।

उनी २०६३/०६४ सालको अन्तरिम संसदमा समेत थिए। उनी २०४८ र २०७० सालमा रोल्पा र २०७४ दाङबाट निर्वाचित भएका थिए।

महराकी छोरी प्रगति महरा भने लुम्बिनी प्रदेश सभाका लागि समानुपातिक सांसद सिफारिस भएकी छन्।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्