समानुपातिक तर्फको बन्दसूचीबाट आफ्नो नाम फिर्ताका लागि २९ जनाले दिए निवेदन – Kanika Khabar
Thursday, April 25Nepali News Portal

समानुपातिक तर्फको बन्दसूचीबाट आफ्नो नाम फिर्ताका लागि २९ जनाले दिए निवेदन

    मा प्रकाशित

असोज १७, काठमाडौँ ।
समानुपातिक तर्फको बन्दसूचीबाट आफ्नो नाम फिर्ताका लागि विभिन्न राजनीतिक दलका २९ जनाले निवेदन दिएका छन् । उनीहरूले दिएको निवेदनपछि निर्वाचन आयोगले सम्बन्धित दलहरूलाई यसको जानकारी गराएको छ ।

मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ पार्टीले बन्दसूचीमा राखेका उनीहरूले आफ्नो नाम फिर्ताका लागि निवेदन दिएका हुन् । निर्वाचन आयोगको समानुपातिक निर्वाचन कार्यालय तर्फका प्रवक्ता गुरु वाग्लेले प्रतिनिधि सभा सदस्यतर्फको समानुपातिक बन्दसूचीबाट ९ जना र प्रदेशसभातर्फ २० उम्मेदवारले उम्मेदवारी फिर्ता लिन निवेदन दिएका हुन् । उनीहरूले आयोगमै आएर समानुपातिकतर्फको बन्दसूचीबाट नाम फिर्ता लिन निवेदन दिएको वाग्लेले बताउनुभयो ।

नाम फिर्ताका लागि निवेदन दिनेमा प्रतिनिधि सभातर्फ नेपाली काँग्रेसबाट ४, जनता समाजवादी पार्टी (जसपा)का ३, नेकपा माओवादी केन्द्रका १ र नेकपा एकीकृत समाजवादीका १ जना रहेका छन् ।

यस्तै प्रदेश १ का ६ जना, मधेश प्रदेशका २, बागमती प्रदेशका १०, गण्डकी र लुम्बिनीका १÷१ जनाले उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका हुन् । आयोगले कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा आज १२ बजेसम्मको समय तोकेको थियो।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्