सार्क मुलुकका निर्वाचन आयुक्तलाई आगामी निर्वाचनमा पर्यवेक्षणका लागि आयोगको निम्तो – Kanika Khabar
Saturday, April 20Nepali News Portal

सार्क मुलुकका निर्वाचन आयुक्तलाई आगामी निर्वाचनमा पर्यवेक्षणका लागि आयोगको निम्तो

    मा प्रकाशित

असोज १७, काठमाडौँ ।
निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको पर्यवेक्षणका लागि सार्क मुलुकका प्रमुख निर्वाचन आयुक्तहरूलाई निमन्त्रण दिएको छ ।

आयोगले गरेको कामकारबाहीको पर्यवेक्षणका लागि आयोगले परराष्ट्र मन्त्रालयमार्फत उहाँहरूलाई आमन्त्रण गरेको हो । निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईले कतिपय सार्क मुलुकहरूका निर्वाचन आयोगले निर्वाचनका बेलामा अरु सार्क सदस्य मुलुकका निर्वाचन आयोगमा निम्तो पठाउने प्रचलन भए अनुसार आमन्त्रण गरेको बताउनुभयो ।

अफगानिस्तान बाहेक भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, भुटान र माल्दिभ्सलाई निम्तो पठाइएको हो । निमन्त्रणा अनुसार, सम्बन्धित मुलुकहरूले प्रमुख निर्वाचन आयुक्त वा उनले तोकेको निर्वाचन आयुक्तको नेतृत्वको टोली नै पठाउने प्रचलन छ । उनीहरू काठमाडौं वा वरपरका ठाँउको पर्यवेक्षण गरेर र्फकनेछन् । उनीहरू नेपालमा रहँदा र बस्दा निर्वाचन आयोगले नै आतिथ्यलगायत बसोबासको बन्दोबस्त गर्नेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्