असोज १७, काठमाडौँ ।
पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी प्रतिनिधिसभा निर्वाचनमा चुनाव नलड्ने घोषणा गर्नुभएको छ । सामाजीक सञ्जाल ट्वीटरमार्फत् उहाँले आगामी निर्वाचनमा आफू चुनाव नलड्ने घोषणा गर्नुभएको हो ।
यसअघि डा. भट्टराईले आगामी प्रतिनिधि सभा निर्वाचन माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने निर्णय गर्नुभएको थियो ।
२०६४ र २०७० को संविधानसभा र २०७४ को प्रतिनिसभा चुनाव जित्नुभएका डा. भट्टराईले चुनाव नलडे पनि आफूले राजनीति नछाड्ने बताउनुभएको छ । आफूले तीन पटक चुनाव जितेर गोरखाको दुरगामी विकासमा योगदान पु¥याएको र भौतिक पूर्वाधार बनाएको उहाँले ट्वीटमा उल्लेख गर्नुभएको छ ।