अनुत्पादक क्षेत्रमा धेरै खर्च नगर्न अर्थविद्हरूको आग्रह – Kanika Khabar
Saturday, July 19Nepali News Portal

अनुत्पादक क्षेत्रमा धेरै खर्च नगर्न अर्थविद्हरूको आग्रह

    मा प्रकाशित

असोज १८, काठमाडौँ ।
अर्थविद्हरूले चाडपर्वमा जथाभावी गरिने खर्चले घरपरिवार मात्रै नभएर मुलुकलाई नै आर्थिक भार थपिने भएकाले अनुत्पादक क्षेत्रमा खर्च धेरै नगर्न अनुरोध गरेका छन् ।

दसैँको आसपासमा अर्थतन्त्रमा ठूलो मात्रामा नगद चलायमान हुने र खर्चको मात्रा पनि उत्तिकै बढ्छ । दसैँ,तिहारको ३ सातामा नेपालीहरूले कुल उपभोगको झण्डै २५ प्रतिशत खर्च गर्ने अनौपचारिक तथ्याङ्कले देखाउँछ ।

चाडपर्वको बहानामा देशविदेश घुम्ने, मदिराजन्य बस्तुको उपभोग बढ्ने, तासजुवा खेल्ने प्रवृत्ति बढ्नुले समेत आर्थिक भार पर्ने पूर्व अर्थ सचिब कृष्णहरी बास्कोटाले सीआइएनसँग बताउनुभयो । घरपरिवार र देशको अर्थतन्त्रलाई भार नपर्ने गरी आफ्नो क्षमता अनुसार चाडपर्व मनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्