सिट बाँडफाँटका लागि आज पनि पाँच दलीय गठबन्धन छलफलमा – Kanika Khabar
Thursday, April 18Nepali News Portal

सिट बाँडफाँटका लागि आज पनि पाँच दलीय गठबन्धन छलफलमा

    मा प्रकाशित

असोज १८, दाङ ।
सिट बाँडफाँटका लागि पाँच दलीय गठबन्धनमा आवद्ध दलहरू आन्तरिक छलफलमा जुटेका छन् ।

गठबन्धनको हिजो बसेको बैठकमा पनि सिट बाँडफाँडमा सहमति नजुटेपछि आज बिहानैदेखि दलहरू छुट्टाछुट्टै आन्तरिक छलफलमा जुटेका हुन् । आन्तरिक छलफलपछि आज बिहान ११ बजे गठबन्धनको बैठक बस्ने तयारी छ ।

सरकारमा रहेका राजनीतिक दलहरूले सिट बाँडफाँडका बारेमा कार्यदल र शीर्ष तहमा छलफल गर्न लागेको २ महिना पुग्नै लाग्दा पनि सहमति जुट्न सकेको छैन ।

लगातारको छलफलबाट सहमति नजुटेपछि आआफ्नो पार्टीमा छलफल गरी आज फेरि शीर्ष तहको बैठक बस्ने भएको हो । सिट बाँडफाँटका लागि सत्तारूढ पाँच दलीय गठबन्धनले ११ सदस्यीय कार्यदल गठन गरेको यही असोज २० गते दुई महिना पुग्नेछ ।

राष्ट्रिय जनमोर्चाका नेता नेता दूर्गा पौडेलका अनुसार चुनावी तालमेल गर्नुपर्नेमा सबै दल सहमत छन् तर कसले कति सिट पाउने भन्ने बारेमा आआफ्ना तर्क र अडान कायमै छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्