पर्सिदेखि काङ्ग्रेसले उम्मेदवार छनोट प्रक्रिया सुरु गर्ने – Kanika Khabar
Friday, April 19Nepali News Portal

पर्सिदेखि काङ्ग्रेसले उम्मेदवार छनोट प्रक्रिया सुरु गर्ने

    मा प्रकाशित

असोज १८, दाङ ।
नेपाली काँग्रेस विजयादशमीको भोलिपल्टदेखि आगामी मङ्सिर ४ को चुनावका लागि उम्मेदवार छनोट प्रक्रिया सुरु गर्ने भएको छ ।

उम्मेदवार छान्ने मापदण्ड भने हिजो टुङ्गो लगाइएको छ ।केन्द्रीय कार्यसम्पादन समिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको प्रस्ताव पारित गर्दै उम्मेदवार चयनको मापदण्ड बैठकले पारित गरेको हो ।

पार्टीको विभिन्न तहबाट विधान बमोजिम उम्मेदवारको लागि भएको सिफारिस, व्यक्तिगत योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदान, सामाजिक भूमिका, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदान, लोकप्रियता एवं आगामी दिनको संभावना समेतलाई आधार बनाएर उम्मेदवारको टुंगो लगाउने निर्णय भएको काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कांग्रेसले स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएका व्यक्तिलाई प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवार नबनाउने निर्णय गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको अर्को बैठक पर्सि बिहान फेरि बस्ने नेताहरुले बताएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्