गठबन्धनमा सिट बाँडफाँडमा सहमति नहुँदा एमालेको उम्मेदवार छनोट प्रक्रिया लम्बियो – Kanika Khabar
Thursday, March 28Nepali News Portal

गठबन्धनमा सिट बाँडफाँडमा सहमति नहुँदा एमालेको उम्मेदवार छनोट प्रक्रिया लम्बियो

    मा प्रकाशित

असोज १८, काठमाडौँ ।
सरकारमा रहेका राजनीतिक दलहरूबीच सिट बाँडफाँडको बारेमा सहमति नजुट्दा नेकपा एमालेको उम्मेदवार छनोट प्रक्रिया पनि लम्बिएको छ ।

सत्ता गठबन्धनमा रहेका जनता समाजवादी पार्टी (जसपा)लगायत केही दलमा देखिएको असन्तुष्टि, जसपासँगको निर्वाचन तालमेलको बारेमा निर्णय भएपछि आगामी रणनीति बनाउने योजना एमालेको छ ।

सत्ता गठबन्धनमा जसपाले प्रतिनिधि सभामा १६ र प्रदेश सभामा ३२ सिट माग्दै आएको छ । गठबन्धनमा कुरा नमिले प्रमुख प्रतिपक्षीसहित अन्य दलसँग तालमेल गर्नेबारे जसपाले गरेको निर्णयलाई एमालेले स्वागत गरेको नेता विशाल भट्टराईले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्