देशका अधिकांश स्थानमा वर्षा – Kanika Khabar
Thursday, April 25Nepali News Portal

देशका अधिकांश स्थानमा वर्षा

    मा प्रकाशित

असोज १९, दाङ ।
पानी पर्न थालेसँगै बाढी, पहिरो र डुबानको जोखिम बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार रातिदेखि नै देशका अधिकांश स्थानमा पानी परिरहेको छ ।

केही ठाउँमा भने भारी वर्षा भएको छ । प्यूठान, दाङ, बाँके जिल्ला भएर बग्ने अधिकांश साना खहरे खोलामा आकस्मिक बाढीको उच्च सम्भावना रहेकाले दिउँसो १२ बजेसम्म नै आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार पश्चिम राप्ती जलाधारको धेरै स्थानमा पछिल्लो ६ घण्टा अति भारी वर्षा मापन भएको र थप वर्षा हुने,पश्चिम राप्ती भालुबाङ र बाँकेको कुसुम जलमापन केन्द्रमा जलसतह एक्कासी बढ्ने, सतर्कता आसपास पुग्न सक्ने भएकाले तटीय क्षेत्र र डुवान हुने होचा स्थानमा १२ बजेसम्म उच्च सतर्कता अपनाउनुपर्नेछ ।

दक्षिणपश्चिम बङ्गालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले हिजो दिउँसोदेखि नै देशका विभिन्न ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँका अनुसार अहिले प्रदेश १, मधेश र बागमती प्रदेशका केही तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा वर्षा भइरहेको छ ।

यही मौसमी प्रणालीको प्रभावले आज दिउँसो गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा हुनेछ भने मधेश प्रदेश र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । अरु ठाउँमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति सुदूरपश्चिम र कर्णाली प्रदेशका केही तथा लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा हुँदा अरु प्रदेशमा पनि हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् कँडेलको भनाइ छ ।

पर्सिसम्म नै देशका विभिन्न ठाउँमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो र डुबानको जोखम बढ्ने भएकाले भिरालो जमिन आखसपास तथा नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्