आज विजया दशमी : टीकाको उत्तम साइत ११ बजेर ५१ मिनेटमा – Kanika Khabar
Thursday, April 25Nepali News Portal

आज विजया दशमी : टीकाको उत्तम साइत ११ बजेर ५१ मिनेटमा

    मा प्रकाशित

असोज १९, दाङ ।
आज बडादसैँको मुख्य दिन विजयादशमी, मान्यजनको हातबाट टीका, जमरा र आर्शिवाद लिएर मनाइदैछ ।

नेपालपञ्चाङ्ग निर्णायक समितिले बिहान ११ बजेर ५१ मिनेटमा टीकाको उत्तम साइत रहेको जनाएको छ । तर त्यसअघि बिहान १० बजेर ३४ मिनेटमा देवी विसर्जन गरेपछि जुनसुकै बेलामा टीका लगाउन सकिने समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले  बताउनुभयो । उहाँका अनुसार आज दिनभरमा टीकाको उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा हो तर टाढा जानुपर्नेहरूलाई भने साइतले छेक्दैन ।

शुभसाइतमा सबैको हातबाट टीका ग्रहण गर्न नसकेकाहरुले पूर्णिमाका दिनसम्म नै मान्यजनको हातबाट टीका लगाउन सक्नेछन् ।

देवीको प्रसादका रूपमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद थाप्न सकिने पनि उहाँले बताउनुभयो । तर यसपाली झरी परेकाले मानिसको चहलपहल अलि कम छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्