राष्ट्रपति भण्डारीले आज सर्वसाधारण नागरिकलाई पनि टीका लगाइदिने – Kanika Khabar
Sunday, September 15Nepali News Portal

राष्ट्रपति भण्डारीले आज सर्वसाधारण नागरिकलाई पनि टीका लगाइदिने

    मा प्रकाशित

असोज १९, काठमाडौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारण नागरिकलाई पनि विजया दशमीको टीका लगाइदिनुहुने भएको छ । विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाउनका लागि फरकफरक समय तोकिएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार विशिष्ट व्यक्तिलाई टीका लगाउन १ घण्टाको समय छुट्याइएको छ भने सर्वसाधारणका लागि २ घण्टाको समय निर्धारण गरिएको छ । इच्छुक विशिष्ट व्यक्तिहरू, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, सङ्घ सरकारका मन्त्री, प्रदेश प्रमुख, न्यायाधीशहरु, सङ्घीय संसदका सांसद र संवैधानिक निकायका पदाधिकारीहरुलाई दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय छुट्याइएको छ ।

राष्ट्रपति भण्डारीबाट टीका लगाउन इच्छुक सर्वसाधारण दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म शीतल निवास पुग्नुपर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्