मा प्रकाशित
असोज १९, काठमाडौँ ।
आगामी मङ्सिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि सिट बाँडफाँट गर्ने बारेमा छलफल गर्न सरकारमा रहेका राजनीतिक दलहरूको बैठक आज पनि बस्दैछ । आज दिउँसो ३ बजे गठबन्धनको बैठक बस्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।
हिजो दिनभर प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेता, सिट बाँडफाँट कार्यदलका सदस्यबीच छलफल भए सहमति भएन ।
प्रदेश सभाको सिटका बारेमा छलफल जारी रहेको नेताहरूको भनाइ छ ।