सिट बाँडफाँड अलमलमा : आकाङ्क्षी नेता अन्योलमा – Kanika Khabar
Friday, March 29Nepali News Portal

सिट बाँडफाँड अलमलमा : आकाङ्क्षी नेता अन्योलमा

    मा प्रकाशित

असोज १९, दाङ ।
मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दिने समय आउन ४ दिन मात्रै बाँकी छ ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार असोज २३ मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको उम्मेदवारी दिनुपर्ने छ ।

राजनीतिक दलहरूले भने सिट बाँडफाँडको विषय टुङ्गो लगाउन सकेका छैनन् । आकाङ्क्षी नेताहरू भने अन्यौलमा छन् । नेपाली काँग्रेसका नेता रंगमती शाहीले प्रत्यक्षतर्फ आफूले उम्मेदवारी दिने तयारी गरेको भए पनि गठबन्धनमा कुरा नमिल्दा अलमलमा परेको बताउनुभयो । जनता समाजवादी पार्टी, नेपालका नेता प्रमोद गुप्ताको नाम बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट सिफारिसमा परेको छ । तर गठबन्धनका कारण समस्यामा परिने चिन्ता उहाँलाई लागेको छ ।

प्रतिपक्षी नेकपा एमालेले पनि कुन निर्वाचन क्षेत्रमा कसलाई उम्मेदवार बनाउने विषय टुङ्ग्याएको छैन । उम्मेदवार नटुङ्ग्याउँदा अन्योल सिर्जना भएको मुगुका नेता दानसिंह परियारको भनाइ छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्