बिदाको दिनमा पनि सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिन सकिने – Kanika Khabar
Friday, March 29Nepali News Portal

बिदाको दिनमा पनि सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिन सकिने

    मा प्रकाशित

असोज १९, काठमाडौँ ।
सर्वोच्च अदालतले दसैँको बिदाको समयमा पनि बन्दीप्रत्यक्षीकरणसम्बन्धी कुनै निवेदन भएमा दर्ता गर्न सकिने जनाएको छ ।
संविधान, कानुनको व्यवस्था र अदालतको अभ्यास अनुसार निवेदन दिने व्यवस्था मिलाइएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताउनुभयो । उहाँका अनुसार बिदाको समयमा बन्दी प्रत्यक्षीकरणसम्बन्धी थौरै सङ्ख्यामा दर्ता हुने गरेको छ ।

दसैँ बिदाको समयमा दर्ता फाँट, इजलासमा कार्यरत कर्मचारीदेखि न्यायाधीशको कार्यतालिका मिलाएर सेवा दिने व्यवस्था मिलाइएको सर्वोच्च अदालतले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्