उच्च शिक्षा अध्ययनका लागि विदेशिनेको सङ्ख्या ३ गुणाले बढ्यो – Kanika Khabar
Saturday, April 20Nepali News Portal

उच्च शिक्षा अध्ययनका लागि विदेशिनेको सङ्ख्या ३ गुणाले बढ्यो

    मा प्रकाशित

असोज १९, दाङ ।
उच्च शिक्षा अध्ययनका लागि विदेशिनेको सङ्ख्या करिब साढे ३ गुणाले बढेको छ । आर्थिक वर्ष २०७२/७३ मा ३२ हजार ४ सय ८९ जनाले विदेशमा अध्ययनको लागि स्वीकृति पत्र लिएकामा गत आर्थिक वर्ष भने १ लाख १३ हजार ६ सय विद्यार्थीले उच्च शिक्षा अध्ययनका लागि स्वीकृति पत्र अर्थात नो अब्जेक्सन लेटर लिएका छन् ।

शिक्षा मन्त्रालयका अनुसार उच्चशिक्षा अध्ययनका लागि विदेशिनेहरूमा सबैभन्दा वढी अष्ट्रेलियामा ७० प्रतिशत छन् भने अन्य जापान, कोरिया, अमेरिका, बेलायत, क्यानाडा लगायत ७२ देशहरू रहेका छन् ।

पछिल्ला वर्षहरूमा कोभिडका कारण जान नपाएका र विदेशी विश्वविद्यालयले विद्यार्थीका लागि खुला गर्नु लगायतका कारण उच्चशिक्षा अध्ययनका लागि विदेशिनेहरूको सङ्ख्या बढेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताउनुभयो ।

अहिले विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनको लागि सहजीकरण गन भन्दै करिब १ हजार ५ सय परामर्श केन्द्रहरू सञ्चालनमा छन् भने हाल दैनिक ३ सय भन्दा बढी विद्यार्थी उच्च शिक्षाका लागि विदेशिने गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्