असोज २०, दाङ ।
आज एकादशी अर्थात् दसैंको एघारौँ दिन परेको छ । आज पनि दसैंको टीका लगाउने क्रम जारी रहने भएको छ।
नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजया दशमीका दिन मान्यजनको हातबाट टीका प्रसाद लगाउने चलन छ।
९ दिनसम्म दुर्गा भवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका पाँच दिनसम्म लगाइन्छ ।
घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जाने गर्छन्। यो क्रम पूर्णिमासम्म रहन्छ।
सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले रावणमाथि विजय प्राप्त गरेकाले त्यही दिनको सम्झनामा विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ ।