नारायणी र पश्चिम राप्ती तथा बबई नदीले सतर्कताको सीमा नाघे – Kanika Khabar
Thursday, September 19Nepali News Portal

नारायणी र पश्चिम राप्ती तथा बबई नदीले सतर्कताको सीमा नाघे

    मा प्रकाशित

असोज २०, दाङ ।
दुई दिनदेखि परेको अविरल वर्षाका कारण नारायणी र बाँकेको पश्चिम राप्ती तथा बर्दियाको बबई नदीको बाढीले सतर्कताको तह नाघेका छन् । बाढी सूचना केन्द्रले आज बिहान ६ः२० बजे दिएको जानकारी देवघाट बाढी मापन केन्द्रमा जलसतहले सतर्कताको तह पार गरेको हो । नारायणी जलाधार क्षेत्रमा थप वर्षा भइरहेको र जल सतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा जोखिमको सम्भावना रहेको छ ।

त्यस्तै केन्द्रका अनुसार पश्चिम राप्ती र बबई दुबै नदीमा जल सतह ६ मिटर नाघेको छ ।

राप्ती नदीमा ५.४० मिटर पुगेपछि खतरा मानिन्छ । राप्तीमा ६.२ मिटर पुगेको छ । यसैगरी बबई नदीमा ५.५० मिटर पुगेपछि खतरा मानिनेमा ६.१० मिटर पुगेको छ ।

No photo description available.

May be an image of text

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्