काँग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दै – Kanika Khabar
Thursday, September 19Nepali News Portal

काँग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दै

    मा प्रकाशित

असोज २०, काठमाडौँ ।
उम्मेदवार छनोटका बारेमा छलफल गर्न नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आजका लागि बोलाइएको छ ।

अहिले बिहान ९ बजेका लागि बोलाइएको बैठकमा सिट बाँडफाँडका बारेमा सत्ता गठबन्धनमा भएको छलफल र सहमतिको प्रयासका बारेमा शीर्ष नेताले जानकारी गराउनेछन् । त्यसपछिको छलफलले चुनावका लागि उम्मेदवारको टुङ्गो लगाउने जिम्मा संसदीय बोर्डलाई दिने बारेमा निर्णय गर्ने काँग्रेस नेता जीवन परियारले बताउनुभयो ।

तीन दिनअघि बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवारको मापदण्डको बारेमा निर्णय गरेको थियो । उम्मेदवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिम उम्मेदवारको लागि भएको सिफारिश, व्यक्तिगत योग्यता, नैतिकता, कार्य क्षमता, लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदान, सामाजिक भूमिका, पार्टीमा गरेको योगदान, लोकप्रियता एवं आगामी दिनको संभावना समेतलाई आधार बनाइउने मापदण्ड काँग्रेसको छ ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्तिलाई भने काँग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको उम्मेदवार नबनाउने निर्णय गरिसकेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्