सुकुम्बासी, भूमिहीनलाई लालपूर्जा वितरण मङ्सिरपछि – Kanika Khabar
Thursday, April 25Nepali News Portal

सुकुम्बासी, भूमिहीनलाई लालपूर्जा वितरण मङ्सिरपछि

    मा प्रकाशित

असोज २०, काठमाडौँ ।
राष्ट्रिय भूमि आयोगले चालू आर्थिक वर्षमा ५ लाख परिवारलाई लालपूर्जा वितरण गर्ने भएको छ । त्यसको लागि अहिले ७ सय ५३ स्थानीय तहमध्ये ६ सय ७२ स्थानीय तहसँग लगत सङ्कलनको काम सुरु गरेको र बाँकी स्थानीय तहमा पनि लगत सङ्कलनको काम सुरु गर्ने तयारी गरिएको आयोगले जनाएको छ ।

अहिलेसम्म करिब ४ हजार परिवारलाई लालपूर्जा वितरण गरिसकेको आयोगले तत्काल ५ हजारलाई लालपूर्जा वितरण गर्ने तयारी गरेको भए पनि मंसिर ४ को चुनावी आचारसंहिताका कारण रोकिएको छ ।

भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले अब निर्वाचनपछि लालपूर्जा वितरणको काम अघि बढ्ने बताउनुभयो । आयोगका अनुसार करिब १ लाख परिवारलाई लालपूर्जा वितरण गर्ने गरी प्रक्रिया पूरा भइसकेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्