बारामा बस दुर्घटना : १४ जनाको मृत्यु – Kanika Khabar
Saturday, June 14Nepali News Portal

बारामा बस दुर्घटना : १४ जनाको मृत्यु

    मा प्रकाशित

असोज २०, बारा ।
बारामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पुल नजिकै यात्रुवाहक बस पल्टिँदा १४ जनाको मृत्यु भएको हो ।

मकवानपुरको हेटौँडाबाट पथलैया आउँदै गरेको बा.प्र ०६००१ ख ०११० नम्बरको बस खोलामा खस्दा दुर्घटना भएको हो ।

नेपाल प्रहरीका अनुसार मृत्यु हुनेमा ९ जना पुरुष र ५ जना महिला छन् । थप विस्तृत विवरण आउन बाँकी छ।

प्रहरीका अनुसार दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेहरुको चुरेहिल, हेटौंडा, सहकारी अस्पताल र सन्चो अस्पतालमा उपचार भइरहेको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्