मा प्रकाशित
असोज २०, काठमाडौँ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानमा आजदेखि कुलपति र सदस्य सचिव पद रिक्त हुने भएको छ । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायको चार वर्षे कार्यकाल आजदेखि पूरा हुन थालेको हो ।
उनीहरूको २०७५ असोज २१ गते नियुक्ति भएको थियो । प्राज्ञ परिषद्का अन्य नौ सदस्यको कार्यकाल भने आगामी पुस १ गते सकिनेछ ।