दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु, एक बेपत्ता – Kanika Khabar
Thursday, June 19Nepali News Portal

दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु, एक बेपत्ता

    मा प्रकाशित

घोराही,२०असोज।

दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता भएका छन् ।

मामाघरमा रहेका छोराछोरीलाई लिन ससुरालीमा जाने क्रममा खैरेनी खोलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका-१५ निवासी ४८ वर्षीय मदन डाँगीको मृत्यु भएको हो ।

बुधवार खोलाले बगाउँदा बेपत्ता भएका डाँगीको शव आज बिहान घटनास्थलदेखि ३५ मिटर पर फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी उपरीक्षक बीरबहादुर वलीले जानकारी दिनुभएको छ ।

प्रहरी प्रमुख वलीका अनुसार अविरल वर्षाको कारण घोराही उपमहानगरपालिका-१० गुर्जेखोलामा आएको बाढीमा बगेर स्थानीय ५५ वर्षीय कल्लु चौधरी बेपत्ता भएका छन् । बुधबार दक्षिण अमराईबाट सर्रा जाने क्रममा चौधरी बगेर वेपत्ता भएका थिए । खोजी भैरहेपनि अहिलेसम्म फेला पार्न नसकिएको प्रहरी प्रमुख वलीले जानकारी दिनुभएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्