वर्षाका कारण नेपालका हवाई उडान प्रभावित – Kanika Khabar
Wednesday, June 25Nepali News Portal

वर्षाका कारण नेपालका हवाई उडान प्रभावित

    मा प्रकाशित

असोज २०, काठमाडौँ ।
लगातारको वर्षाका कारण नेपालका हवाई उडान प्रभावित बनेका छन् । प्रतिकूल मौसमका कारण काठमाडौंबाट पोखरा हुने र पोखराबाट अन्य विमानस्थलमा हुने सबै उडान रद्द भएका छन् ।

काठमाडौं विमानस्थलसहित नजिकका विमानस्थल निरन्तरको वर्षाका कारण बढी प्रभावित भएको छ । जसले गर्दा भरतपुरका उडानहरू समेत प्रभावित भएको हो । यस्तै भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमान पनि मौसमको खराबीका कारण जनकपुरमा अवतरण गरिएको छ ।

खराब मौसमका कारण काठमाडौं विमानस्थलले एयर ट्राफिक जाम भएको सूचना दिएपछि जनकपुर विमानस्थलमा अवतरण गराइएको हो । यसैबीच, मौसम प्रतिकुल बनेपछि काठमाडौबाट लुक्ला उडेका दुई हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण गरेका छन् ।

वायुसेवा सञ्चालक सङ्घका सचिव राजु न्यौपानेका अनुसार कैलास एयरको एक र सिम्रिक एयरको एक हेलिकप्टर आज बिहान काभ्रेमा आकस्मिक अवतरण गर्नु परेको हो । यस्तै काठमाडौंबाट हुने अन्य क्षेत्रका उडानहरू पनि प्रभावित बनेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्