प्रत्यक्षतर्फ टिकट वितरणलाई न्यायोचित बनाउन कोइराला समूहले खबरदारी गर्ने – Kanika Khabar
Friday, May 16Nepali News Portal

प्रत्यक्षतर्फ टिकट वितरणलाई न्यायोचित बनाउन कोइराला समूहले खबरदारी गर्ने

    मा प्रकाशित

असोज २०, काठमाडौँ ।
नेपाली काँग्रेसको शेखर कोइराला समूहले प्रत्यक्षतर्फ टिकट वितरणलाई न्यायोचित बनाउन खबरदारी गरिराख्ने निर्णय गरेको छ ।

आज बसेको शेखर समूहका नेताहरूको बैठकले आफूहरूको खबरदारीका कारण समानुपातिकमा लाभ प्राप्त भएको ठहर गर्दै प्रत्यक्षतर्फ टिकट वितरणलाई न्यायोचित बनाउन खबरदारी गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले समानुपातिकको बन्दसूची संशोधनमा आंशिक सन्तुष्टि जनाएको छ । बन्दसूचीप्रति असन्तुष्टि जनाउँदै शेखर समूहले पार्टी कार्यालय, सानेपामा धर्ना समेत दिएको थियो ।

प्रारम्भीक सूचीमा १ सय १० जनामध्ये १३ जना मात्र शेखर समूहको थिए । जसमध्ये ८ जनाको सांसद बन्ने सम्भावना थिए । तर, १६ असोजमा बुझाइएको संशोधित सूचीमा भने शेखर समूहको थप नाम परेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्