चन्द्रागिरिमा ध्यानकेन्द्र पुरिँदा एकै परिवारका तीन जनाकाे मृत्युु – Kanika Khabar
Saturday, July 12Nepali News Portal

चन्द्रागिरिमा ध्यानकेन्द्र पुरिँदा एकै परिवारका तीन जनाकाे मृत्युु

    मा प्रकाशित

असाेज २१, काठमाडौं ।
काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ मा पहिरोले ध्यान केन्द्र पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ।

चन्द्रागिरि नगरपालिकाको वडा नम्बर–२ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्र माथिबाट आएको पहिरोले पुरिंदा ३ जनाको मृत्यु भएको वडाध्यक्ष भाइकृष्ण तामङले जानकारी दिए।

मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथि रहेको उनले जानकारी दिए।

अविरल वर्षापछि मध्यरातमा आएको पहिरोले ध्यान केन्द्र पुरिएको हो।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्