मा प्रकाशित
असोज २१, दाङ ।
दसैँँको टीकाको तेस्रो दिन आज पनि मान्यजनको हातबाट टीकाजमरा लगाउने क्रम जारी छ । नवरात्रभर नवदुर्गा भवानीको पूजाअर्चना गरी विजयादशमीको दिनदेखि कोजाग्रत पूर्णीमाका दिनसम्म मान्यजनको हातबाट टीका र जमरा लगाउने चलन छ ।
सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले रावणमाथि विजय प्राप्त गरेको दिनको सम्झनामा विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ ।