डेङ्गी रोगको जोखिम थप एक महिना कायमै रहने – Kanika Khabar
Tuesday, September 17Nepali News Portal

डेङ्गी रोगको जोखिम थप एक महिना कायमै रहने

    मा प्रकाशित

असोज २१, दाङ ।
सरकारले थप एक महिना डेङ्गी रोगको जोखिम कायमै रहने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पछिल्लो केहि दिनदेखि निरन्तर वर्षाका कारण देशभरको तापक्रम घट्दै गएपनि डेङ्गी रोगको जोखिम अझै एक महिना कायमै रहने बताएको छ ।

महाशाखा अन्तर्गतको किटजन्य शाखाका प्रमुख गोकर्ण दाहालले वर्षाका कारण मौसम परिवर्तन भएपनि डेङ्गी रोगको जोखिम अझै एक महिना रहने भएकाले सतर्कता अपनाउन आग्रह गर्नुभयो ।

यस्तै मन्त्रालयले लगातारको वर्षाका कारण पानीको मुहान फोहोर हुँदा झाडापखाला, हैजाका साथै अन्य सङ्क्रामक रोगको जोखिम बढेकाले सावधानी अपनाउन आग्रह गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्