देशभरका ११ वटा भन्सार कार्यालयबाट निर्यात शून्य – Kanika Khabar
Tuesday, May 13Nepali News Portal

देशभरका ११ वटा भन्सार कार्यालयबाट निर्यात शून्य

    मा प्रकाशित

असोज २१, काठमाडौँ ।
नेपालका ११ वटा भन्सार कार्यालयबाट निर्यात हुने दर शून्यमा झरेको छ ।भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको २ महिनामा नेपालका ११ वटा भन्सार कार्यालयबाट कुनै पनि वस्तु निर्यात नभएको देखिएको हो ।

विभागका अनुसार दुई महिनाको अवधिमा रसुवा, तातोपानी, सुनसरी, गौर, जनकपुर, महेश्वर, सती, भद्रपुर, सिराहा, ठाडी र राजविराज भन्सार कार्यालयबाट कुनै पनि वस्तु निर्यात हुन सकेको छैन ।

देशभर २६ वटा भन्सार कार्यालय छन् । उक्त भन्सार कार्यालयबाट गत २ महिनामा २ खर्व ७३ अर्ब ५९ करोड बरावरको सामान आयात भएको छ । तर, नेपालले अधिकांश भन्सारबाट वस्तु आयात गर्दा नेपालबाट भने करिब आधा भन्सार कार्यालयबाट मात्रै निर्यात हुनेगरेको छ ।

गत २ महिनामा २८ अर्ब ६८ करोड रूपैया बराबरको मात्रै निर्यात भएको भन्सार विभागका सुचना अधिकारी पुन्य विक्रम खड्काले बताउनुभयो । वार्षिक रूपमै पनि नेपालले आयात गरेको वस्तुको तुलनामा निर्यात निकै कमजोर छ ।

नेपालले गत वर्ष मात्रै १९ खर्ब बराबरको वस्तु आयात गर्दा नेपालबाट भने २ खर्ब मूल्य बराबरको बस्तु निर्यात गरेको थियो । नेपालले २१ खर्बको वैदेशिक व्यापार गर्दा ९ वटा भन्सार कार्यालयबाट वस्तु निर्यात हुन सकेको थिएन ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्