असाेज २१, दाङ ।
नेकपा एमालेका नेता गंगा थारू सत्गौवाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
थारू दाङ १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुने दौडमा थिइन् । तर एमाले नेतृत्वले शान्ता चाैधरीलाई बनाउने तयारी गरेपछि चौधरी असन्तुष्ट बनेकी हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेतृ थारूले स्वतन्त्र उम्मेदवार रहने घाेषणा गरेकी हुन् । उनले फेसबुकमा लेखेकी छिन् , `आज मैले ठिक निणर्य गरे या बेठिक मलाई थाहा छैन राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागिरहने छु । जनता भगवान हुन्, जनता नै सर्वाेपरि हुन् देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बिचमा आउँदैछु । हजुरहरुको साथ चाहिएको छ। ´
निवर्तमान सांसद समेत रहेकी थारूले क्षेत्र नम्बर १ मै स्वतन्त्र उम्मेदवारी दिने बताएकी छन् । ‘मेरो निर्वाचन क्षेत्रबाट म भन्दा क्यापेबल अर्को उम्मेदवार छैन । अझ बाहिरबाट ल्याएर उम्मेदवार बनाएपछि मैले स्वतन्त्र उम्मेदवारी दिने निर्णय लिएकी हुँ’, चौधरीले भनिन् ।
आफूले एमालेको सदस्यताबाट राजीनामा भने दिइनसकेको उनले बताइन् । ‘मैले पार्टीबाट औपचारिक राजीनामा दिएको छैन । राजीनामा नदिएसम्म पार्टी छाडेको भन्न मिलेन’ उनले भनिन् ।
पार्टीले निर्णय सच्चाएर तपाईंलाई नै उम्मेदवार बनाएकाे खण्डमा पुन: पार्टीबाटै निर्वाचन लड्ने सम्भावना रहन्छ कि रहँदैन भन्ने कनिका खबरकाे जिज्ञासा नेतृ थारूले ब्याक नहुने बताइन् । `मैले निर्णय लिईसकेँ, गङ्गाले जे बाेल्छे त्यही गर्छे अब म स्वतन्त्र उम्मेदवार नै हाे, निश्चिन्त हुन जनतालाई निवेदन गर्दछु ।´