बाढी र पहिरोमा परेर ३ जनाको मृत्यु, ६ जना वेपत्ता, ३ जना घाईते – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

बाढी र पहिरोमा परेर ३ जनाको मृत्यु, ६ जना वेपत्ता, ३ जना घाईते

    मा प्रकाशित

असोज २१, दाङ ।
लगातारको झरीपछि आएको बाढी पहिरोमा परेर आज ३ जनाको मृत्यु भएको छ । अरू ३ जना घाईते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज काठमाडौँको चन्द्रागिरी नगरपालिका २ मा पहिरोमा पुरिएर काभ्रे धुलिखेल– १२ का ५१ वर्षका राजु श्रेष्ठ‚ उहाँका श्रीमती ४५ वर्षका रेखा र छोरी सारथीको मृत्यु भएको हो ।

ध्यान केन्द्रमा सुतिरहेको अवस्थामा पहिरो जाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । यस्तै गोरखाको चुमनुब्री गाउँपालिमका वडा नम्बर ६ खारमा पहिरोमा परेर ३ जना घाईते भएका छन् ।

लगातारको वर्षापछि झरेको पहिरोले घर पुरिँदा खारका २५ वर्षका छेतुङ लामा, ५ वर्षका पेमा छिरिङ लामा र तेङ्जीङ डोल्मा लामा घाइते भएका प्राधिकरणका प्रवक्ता डाक्टर डिजन भट्राईले सीआईएनलाई जानकारी दिनुभयो ।

यसैबीच प्युठानमा पहिरोमा पुरिएर एकै परिवारका ६ जना बेपत्ता भएका छन् । माण्डवी गाउँपालिका वडा नम्बर ४ स्थित फरुण्डेमा आज दिउँसो गएको पहिरोले बमबहादर राहु मगरको घर बगाउँदा मगरसहित उहाँको परिवारका अन्य पाँच सदस्य बेपत्ता भएका जिल्लाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुशिल थापा मगरले जानकारी दिनुभयो ।

बाढीले घटनास्थलसम्म पुग्ने सडक सम्पर्क टुटेका कारण प्रहरी टोली प्रभावित क्षेत्रमा पुग्न सकेको छैन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्