राप्रपाले लगायो उम्मेदवारको टुङ्गो – Kanika Khabar
Friday, April 19Nepali News Portal

राप्रपाले लगायो उम्मेदवारको टुङ्गो

    मा प्रकाशित

असोज २१, काठमाडौँ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले देशभरबाट उम्मेदवारको नाम टुङ्गो लगाएको छ ।

सबै जिल्ला कार्य समितिले दुवै निर्वाचनका लागि पठाएका करिब ७ सय उम्मेदवारमध्येबाट प्रतिनिधिसभामा १६५ र प्रदेशसभामा ३३० उम्मेदवार केन्द्रले छनोट गरेको प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो । तर नेकपा ऐमालेसँगको चुनाबी तालमेलका विषयमा टुङ्गो लागि नसकेका कारण भने अन्यौल सिर्जना भएको छ ।

एमालेसँग तालमेल भएको खण्डमा भने केही निर्वाचन क्षेत्रका नाम परिवर्तन हुनसक्ने उहाँको भनाई छ । राप्रपा र नेकपा (एमाले) को शीर्ष नेतृत्वबीच तालमेलका लागि आज छलफल भईरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्