डडेलधुरामा देउवालाई सकस, एमालेको समर्थनमा काङ्ग्रेस बिपीका कर्ण मल्लले उम्मेदवारी दिने – Kanika Khabar
Thursday, April 25Nepali News Portal

डडेलधुरामा देउवालाई सकस, एमालेको समर्थनमा काङ्ग्रेस बिपीका कर्ण मल्लले उम्मेदवारी दिने

    मा प्रकाशित

असोज २१, दाङ ।
नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका लागि निर्वाचन सकसपूर्ण हुने भएको छ । नेपाली काङ्ग्रेस बिपीका वरिष्ठ उपाध्यक्ष कर्ण मल्ल एमालेको समर्थनमा निर्वाचन लड्ने तयारी गरिरहँदा काङ्ग्रेस सभापति देउवाका लागि आगामी निर्वाचन सकसपूर्ण हुने निश्चितप्रायः भएको छ ।
नेकपा एमालेले डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी नदिने भएको छ । एमाले डडेलधुराले पूर्व प्रदेश मन्त्री पठानसिंह बोहोराको नाम एकल सिफारिस गरेको थियो । पछिल्लो अवस्थामा नेकपा एमालले नेपाली काङ्ग्रेस बिपीका वरिष्ठ उपाध्यक्ष मल्ललाई समर्थन गर्ने भएको हो ।

अझ रोचक के रहेको छ भने कांग्रेसका सभापति शेरबहादुर देउवालाई २४ वर्ष साथ दिएका मल्लले उनीसँगै प्रतिस्पर्धा गर्ने भएका छन् ।

नेपाली कांग्रेसबाट विद्रोह गरी कांग्रेस बीपीमा लागेका मल्लसँग गएको स्थानीय चुनावमा पनि एमालेले तालमेल गरेको थियो । त्यही तालमेललाई निरन्तरता दिँदै प्रतिनिधिसभामा मल्ललाई समर्थन गर्ने एमालेले निर्णय गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्