एमालेले दिएन भीम रावललाई टिकट – Kanika Khabar
Thursday, March 28Nepali News Portal

एमालेले दिएन भीम रावललाई टिकट

    मा प्रकाशित

असोज २१, दाङ
नेकपा एमालेले भीम रावललाई टिकट नदिने भएको छ । आज शुक्रबार सुदूरपश्चिम प्रदेशका १५ निर्वाचन क्षेत्रमा उम्मेदवार तय गर्दै गर्दा एमालेले रावललाई टिकट नदिएको हो । एमाले स्रोतका अनुसार, अछाम–१ बाट झपट बोहोरालाई टिकट दिइएको छ ।  एमाले निकट स्रोतका अनुसार पार्टीको १० औं महाधिवेशमा अध्यक्ष ओलीविरुद्ध उठेका रावल प्रतिनिधिसभामा उम्मेदवार हुनबाट बन्चित भएका हुन् ।

प्रतिनिधिसभातर्फ एमालेबाट बाजुरामा कर्णबहादुर थापा, बझाङमा ऐन महर, दार्चुला गणेश ठगुन्ना र बैतडीमा दामोदर भण्डारी र डोटीमा गौरी ओलीलाई उम्मेदवार बनेका छन् ।

यस्तै अछाम– १ मा झपट बोहरा, २ मा यज्ञ बोगटी, कञ्चनपुर १ मा तारा लामा, २ मा नरबहादुर धामी, ३ मा तिनिधिसभा, कैलाली १ मा
टपेन्द्र रावल, २ मा झपट रावल, ३ मा गौरीशंकर चौधरी, ४ मा लेखराज भट्ट, ५ मा नारदमुनि रानालाई उम्मेदवार बनाएको छ ।

एमालेले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा भने उम्मेदवार नदिने भएको छ । प्रधानमन्त्री देउवाविरुद्ध एमालेले डडेल्धुरामा कांग्रेस बीपीका वरिष्ठ उपाध्यक्ष कर्ण मल्ललाई समर्थन गर्ने भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्