असाेज २१, दाङ ।
स्वतन्त्र उम्मेदवारी दिने घाेषणा गरेकी एमाले नेतृ गङ्गा थारूले आफू भारत विराेधी भएका कारण टिकट नपाएकाे बताएकी छिन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेतृ थारूले भारतकाे विराेध गरेका कारण टिकट नपाएकाे बताउँदै एमाले भारततिर लम्पसार भएकाे कटाक्ष गरेकी छिन् ।
उनले लेखेकी छिन् , `राष्ट्रियताको सवालमा र भारतको हस्तक्षेपको बिरुद्ध एवम् एमसिसी, एसपिपी र नागरिकताको विषयमा खुलेर बिरोध गरेकै कारण मेरो गौरवशाली पार्टी एमालेमा ठुलो छिमेकी मुलुकको दबाबले गर्दा हामीलाई टिकटबाट बन्चित गरेको मलाई महसुस भएको छ र विशेष सुराकबाट थाह भएको छ।´