खेलकूद विधेयक प्रमाणीकरण – Kanika Khabar
Thursday, April 25Nepali News Portal

खेलकूद विधेयक प्रमाणीकरण

    मा प्रकाशित

कनिका डेस्क
असार ११, दाङ
खेलकूद विकाससम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक राष्ट‍्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणीकरण गरेकी छन् ।

संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिबाट प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
खेलकूद विकाससम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकसंगै राष्ट्रपतिले शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न विधेयक एवं रेडियोधर्मी पदार्थको उपयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि प्रमाणीकरण गरेकी छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्