नेकपा एसले लगायो प्रतिनिधिसभा उम्मेदवारको टुङ्गो – Kanika Khabar
Thursday, June 12Nepali News Portal

नेकपा एसले लगायो प्रतिनिधिसभा उम्मेदवारको टुङ्गो

    मा प्रकाशित

असोज २२, दाङ ।
नेकपा एकीकृत समाजवादी पार्टीले उम्मेदवारको टुङ्गो लगाएको छ । बडो सकसका साथ सत्तारुढ गठबन्धनबीच सिट बाँडफाँटको टुङ्गो लागेसँगै नेकपा एकीकृत समाजवादीले पनि उम्मेदवारहरुको निर्णय गरेको हो ।

एकीकृत समाजवादीले पाएको भागबण्डाबाट झलनाथ खनाल इलाम–१, माधवकुमार नेपाल रौतहट–१, जगनाथ खतिवडा उदयपुर–२, कृष्ण कुमार श्रेष्ठ (किसान) बारा–४, जीवनराम श्रेष्ठ काठमाडौं–८ का उम्मेदवार हुनेछन् ।

यसैगरी कृष्णलाल महर्जन ललितपुर–२, राजेन्द्र पाण्डे धादिङ–१, विरोध खतिवडा मकवानपुर–२, श्रीनाथ बराल कास्की–२, रामकुमारी झाँक्री गुल्मी–२, सोमप्रसाद पाण्डे पाल्पा–२, राजु गुरुङ रुपन्देही–२ र मेटमणी चौधरी दाङ–१बाट उम्मेदवार बन्ने छन् ।

त्यस्तै प्रकाश ज्वाला सल्यान, धनबहादुर बुढा डोल्पा, अम्बर थापा दैलेख–१, शेरबहादुर कुँवर अछाम–१, भानुभक्त जोशी बझाङ र प्रेम आले डोटीका उम्मेदवार हुने एकीकृत समाजवादीले जनाएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्