सत्ता गठबन्धनमा सिट बाँडफाँडको सहमति, लोसपासँग आज थप छलफल हुने – Kanika Khabar
Tuesday, May 13Nepali News Portal

सत्ता गठबन्धनमा सिट बाँडफाँडको सहमति, लोसपासँग आज थप छलफल हुने

    मा प्रकाशित

असोज २२, काठमाडौँ ।
सिट बाडँडफाँडको बारेमा छलफल गर्न थालेको २ महिनापछि सरकारमा रहेका राजनीतिक दलहरूले सहमति गरेका छन् ।

जसपा बाहिरिएपछि भित्रिएको दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई काँग्रेसको भागबाट सीट दिने गरी गठबन्धनले प्रतिनिधिसभा तथा प्रदेश सभाको सिटको विषयमा गएराति सहमति जुटाएको हो ।

नेकपा माओवादी केन्द्रलाई ४५, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने सहमति भएको एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

९८ स्थानमा भने काँग्रेस र लोपसाबीच आज भागबन्डा हुने जनाइएको छ । लोसपाले प्रतिनिधिसभाका १५ स्थान माग गरे पनि प्रतिनिधिसभामा १० स्थान र प्रदेशसभामा १९ स्थान दिन प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा सकारात्मक देखिएको लोसपाका एक नेताले जानकारी दिए । यद्यपि यस बारेमा आज छलफल गरेर टुङ्ग्याउने सहमति भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्