एमाले र जसपाबिच १४ जिल्लामा चुनावी तालमेल हुने – Kanika Khabar
Thursday, June 12Nepali News Portal

एमाले र जसपाबिच १४ जिल्लामा चुनावी तालमेल हुने

    मा प्रकाशित

असोज २२, काठमाडौँ ।
नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच १४ जिल्लामा चुनावी तालमेल हुने भएको छ । १४ जिल्लामा चुनावी तालमेल गर्ने गरी एमाले र जसपाबिच सहमति भएको हो । मधेस प्रदेशका आठ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रूपन्देही र कपिलवस्तु तथा सुदूरपश्चिमको कैलालीमा तालमेलको सहमति भएको हो ।

सहमतिअनुसार यी जिल्लामा प्रतिनिधिसभाका ३५ सिट एमालेले लिनेछ भने जसपाले १७ सिट लिने भएको छ । तालमेल सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र जसपाका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्