असोज २२, काठमाडौँ ।
नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य पनि आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने बताएकी छिन् । नेकपा एमालेले शाक्यलाई काठमाडौँ क्षेत्र नं. ८ बाट उम्मेदवार बनाउने निर्णय गरेको थियो । पार्टीको यस्तो निर्णलाई अस्वीकार गर्दै शाक्यले चुनाव नलड्ने जानकारी दिएकी हुन् ।
आज शनिवार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरेर आफू चुनाव नलड्ने बताएकी हुन् । टेलिफोन संवादमा उनले अध्यक्ष ओलीलाई विकल्प खोज्न आग्रह समेत गरेकी छन् ।
पुुरानालाई भन्दा नयाँलाई पनि अवसर दिनुपर्ने भन्दै शाक्यले टिकट अस्वीकार गरेको स्रोतले जनाएको छ ।