टिकट वितरणको बिषयलाई लिएर एमालेभित्र विवाद सुरु – Kanika Khabar
Thursday, September 19Nepali News Portal

टिकट वितरणको बिषयलाई लिएर एमालेभित्र विवाद सुरु

    मा प्रकाशित

असोज २२, दाङ ।
टिकट वितरणको बिषयलाई लिएर एमाले भित्र विवाद सुरु भएको छ । एमालेले केही चर्चित नेताहरूलाइ निर्वाचनको लागि टिकट नदिएपछि उनीहरूले पार्टी छोड्ने घोषणा गर्न थालेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले टिक नदिएपछि स्थायी कमिटी सदस्य घनश्याम भूसालले नेकपा एमाले परित्याग गरेको घोषणा गर्नुभएको छ । उहाँले आज आफ्नो फेसबुक पेज मार्फत् एमाले परित्याग गरेको जानकारी दिनुभएको छ । उहाँले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामथ्र्य समर्पित गरेको पार्टीमा नीति र विधिको पुनःस्थापना हुने कुनै सम्भावना नदेखेपछि आफूले पार्टी छाड्ने निर्णय गरेको घोषणा गर्नुभएको छ ।

एमाले अध्यक्ष ओलीको दम्भ र स्वेच्छाचारिताले केवल दम्भ र स्वेच्छाचारिताको आक्रमण बढ्दै गएको आरोप लगाउँदै भुसालले पार्टी परित्याग गर्नुभएको छ ।

यसैगरी अछामबाट सर्वसम्मत सिफारिसमा परेका नेता भिम रावलको पनि टिकट खोसिएपछि एमाले भित्र विवाद बढ्दै गएको छ । पार्टी भित्र फरक मत राख्ने अरु नेताहरूलाइ पनि एमालेले टिकट दिएको छैन । तर रावलले भने भोली मात्रै आफूले के गर्ने भन्ने टुङ्गो लगाउने प्रतिक्रिया दिनुभएको छ ।

नेता भूसालले रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गर्नुभएको छ । भुसाललाई सो क्षेत्रमा सत्तारुढ पाँच दलीय गठबन्धनले सघाउने गरि सहमतिको तयारी भइरहेको छ । भूसालले आफ्नो गृह नगर मणिग्राम समेत पर्ने रुपन्देही १ बाट उम्मेदवारको दाबी गर्दै आउनुभएको थियो । एमालेको टिकट वितरणप्रति स्थानीय स्तरका कार्यकर्ताले असन्तुष्टि व्यक्त गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्