रावललाई टिकट नदिएपछि एमाले अछाममा विद्रोह – Kanika Khabar
Wednesday, June 25Nepali News Portal

रावललाई टिकट नदिएपछि एमाले अछाममा विद्रोह

    मा प्रकाशित

असोज २२, दाङ ।
नेकपा एमालेले नेता भीम रावललाई टिकट नदिएपछि एमाले अछाममा विद्रोह भएको छ । जिल्लाबाट एकल सिफारिस भएपनि पार्टीले प्रतिनिधिसभामा टिकट नदिएपछि एमाले अछाम जिल्ला कमिटी सचिवालयका केहीसहित ४ सहित ३८ जनाले सामूहिक राजीनामा दिएका छन् ।

सामूहिक राजीनामा दिने नेताहरूले भदौ १९ गते रावलको नाम एकल सिफारिस भएको जिकिर गरेका छन् । उहाँको नाम एकल सिफारिस भए पनि केन्द्रबाट टिकट वितरण गर्दा तल्लो कमिटीले गरेको सर्वसम्मत निर्णयको बेवास्ता गरिएको नेताहरूको भनाई छ ।

तल्लो कमिटीको निर्णयविपरीत नेता, कार्यकर्ता र जनभावना विपरीत नेतृत्वले गरेको निर्णयको घोर भत्र्सना गर्दैसामूहिक राजीनामा दिएको उनीहरूले राजीनामा पत्रका उल्लेख गरेका छन् । एमालेले रावलको ठाउँमा झपट बोहरालाई उम्मेदवार बनाएपछि उनीहरूले विरोध गरेका हुन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्