मा प्रकाशित
असोज २२, दाङ ।
स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाउने १ लाख भन्दा बढी उम्मेदवार कालो सुचिमा परेका छन् । निर्वाचन आचारसंहिता अनुसार निर्वाचन सम्पन्न भएको एक महिनाभित्र उम्मेदवारहरूले आफुले गरेको खर्चको विवरण बुझाउनुपर्छ ।
तर गत बैशाख ३० को निर्वाचनमा भएको खर्चको विवरण हालसम्म पनि पेश नगरेका एक लाख २३ हजार ६ सय २४ उम्मेदवारलाई निर्वाचन आयोगले कालो सुचिमा राखेको हो ।
अब उनिहरूले तोकिएको जरिवाना नतिरेसम्म प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिन पाउने छैनन् ।