गठबन्धनबाट दाङ क्षेत्र नं. २ (क) मा राजु खनाल र २ (ख) मा प्रचण्ड उम्मेदवार – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

गठबन्धनबाट दाङ क्षेत्र नं. २ (क) मा राजु खनाल र २ (ख) मा प्रचण्ड उम्मेदवार

    मा प्रकाशित

असोज २३, दाङ ।

आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेशसभा निर्वाचनका लागि गठबन्धनबाट दाङ क्षेत्र नं. २ (क) मा राजु खनाल र २ (ख) मा प्रचण्ड विक्रम न्यौपाने (गुन्टु) उम्मेदवार हुने भएका छन् । सत्ता गठबन्धका चुनावी तालमेल गरेरै अगाडि बढ्ने निर्णय भएपछि दाङ क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रबाट रेखा शर्माको उम्मेदवारी रहने भएको छ । दाङ क्षेत्र नं. २ अन्तर्गतका दुबै प्रदेश नेपाली काङ्ग्रेसको भागमा परेका हुन् । नेपाली काङ्ग्रेसले २ (क) मा खनाल र २ (ख) मा प्रचण्ड उम्मेदवार बनाउने भएको हो ।

विद्यार्थी राजनीतिबाट राजनीतिमा आएका खनाल २०७० सालको संविधानसभा निर्वाचनमा दाङबाट निर्वाचित भएका थिए । संगठन निर्माण र संगठन बिस्तारमा अब्बल मानिने नेता खनाल बलियो उम्मेदवारको रुपमा उभिएका छन् । खनाल नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका उपसभापति हुन् ।

२ (ख) बाट उम्मेदवार बन्दै गरेका प्रचण्ड विद्यार्थी राजनीतिबाट राजनीतिमा उदाएका हुन् । प्रचण्ड नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका प्रवक्ता हुन् । उनी प्रष्ट वक्ताका रुपमा चिनिन्छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्