गठबन्धनले टुङ्गायो दाङमा उम्मेदवार – Kanika Khabar
Tuesday, September 17Nepali News Portal

गठबन्धनले टुङ्गायो दाङमा उम्मेदवार

    मा प्रकाशित

असोज २३, दाङ ।

आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि गठबन्धनका दलहरुले उम्मेदवारको टुङ्गो लगाएका छन् । तीन संघीय र ६ प्रदेश निर्वाचन क्षेत्र रहेको दाङमा संघ र प्रदेश गरी ९ निर्वाचन क्षेत्र रहेका छन् । संघीय उम्मेदवारका लागि नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एक एक सिटको भाग पाएका छन् ।

नेपाली काङ्ग्रेसले क्षेत्र नं. ३ बाट पूर्व मन्त्री तथा काङ्ग्रेस केन्द्रीय सदस्य दीपक गिरीलाई उम्मेदवार बनाउने भएको छ । नेकपा माओवादी केन्द्रले क्षेत्र नं. २ बाट पूर्व मन्त्री रेखा शर्मालाई उम्मेदवार बनाउने भएको छ । त्यस्तै नेकपा एकीकृत समाजवादीले क्षेत्र न.. १ बाट सहरी विकास मन्त्री मेटमणि चौधरीलाई उम्मेदवार बनाउने भएको छ ।

क्षेत्र नं. १ मा रहेका दुई प्रदेशमध्ये प्रदेश १ (क) बाट नेकपा माओवादी केन्द्रका इन्द्रजित थारु र १ (ख) बाट नेपाली काङ्ग्रेसका अनुराग खड्का उम्मेदवार हुने भएका छन् । क्षेत्र नं.२ (क) मा नेपाली काङ्ग्रेसका राजु खनाल र २ (ख) मा नेपाली काङ्ग्रेसका प्रचण्ड विक्रम न्यौपाने (गुन्टु) उम्मेदवार हुने भएका छन् । क्षेत्र नं. ३ (क) मा नेपाली काङ्ग्रेसका डिल्ली बहादुर चौधरी र ३ (ख) मा नेकपा माओवादी केन्द्रका धनबहादुर मास्के उम्मेदवार रहने भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्