रुसको परमाणु हतियार आक्रमणलाई रोक्न विश्व समुदायसँग युक्रेनको आग्रह – Kanika Khabar
Sunday, September 15Nepali News Portal

रुसको परमाणु हतियार आक्रमणलाई रोक्न विश्व समुदायसँग युक्रेनको आग्रह

    मा प्रकाशित

एजेन्सी ।
युक्रेनका राष्ट्रपति भ्लोदिमीर जेलेन्स्कीले रुसको परमाणु हतियार आक्रमणलाई रोक्न विश्व समुदायलाई आग्रह गर्नुभएको छ । रुसी सेना परमाणु हतियारको प्रयोगलाई तयारी अवस्थामा राख्ने काम गरिरहेको भएपनि रुसले आक्रमण नगर्नेमा भने आफू विश्वस्त रहेको उहाँको भनाइ छ ।

 

पछिल्लो समय रुसले पुनः युक्रेनसँगको युद्धमा परमाणु हतियार प्रयोग गर्ने चेतावनी दिएपछि विश्व समुदाय पनि चिन्तित बनेको छ । एक सञ्चार माध्यमसँग अन्तर्वार्ताको क्रममा जेलेन्स्कीले रुसमाथि रकेट आक्रमणका लागि युक्रेनले सुझाव दिएकोआरोप अस्वीकार गर्नुभयो । उहाँले रक्षात्मक प्रहार प्रयोग गर्नु पर्ने भन्दै आक्रमणको लागि रकेट आक्रमणको विषयलाई गलत तरिकाले प्रस्तुत गरिएको उल्लेख गर्नुभयो ।

 

पछिल्ला केही हप्ता युक्रेनी सैनिकले रुसको कब्जामा रहेका क्षेत्रहरू पुनः आफ्नो नियन्त्रणमा लिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्