एएफसी १७ वर्ष मुनिको एसियन कप छनोटमा नेपालले आज चाइनिज ताइपेसँग खेल्दै – Kanika Khabar
Saturday, July 19Nepali News Portal

एएफसी १७ वर्ष मुनिको एसियन कप छनोटमा नेपालले आज चाइनिज ताइपेसँग खेल्दै

    मा प्रकाशित

असोज २३, दाङ ।
भियतनाममा जारी एएफसी १७ वर्ष मुनिको एसियन कप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज चाइनिज ताइपेविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

फु थोस्थित भियत त्रि स्टेडियममा हुने नेपाल र चाइनिज ताइपेबीचको खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ ।

ताइपेविरुद्ध मैदान उत्रदा नेपाल पहिलो तथा सान्त्वना जितको खोजीमा हुनेछ । ताइपे पनि पहिलो जितको योजनामा रहेको छ ।

समूह ‘एफ’ मा रहेको नेपाल र ताइपे अङ्कबिहीन हुँदै प्रतियोगिताबाट बाहिरिसकेका छन् । तर, अन्तिम खेलमा जित निकाल्दै दुबै टोली सान्त्वना जितसहित घर फर्कन चाहन्छ ।नेपाल पहिलो खेलमा थाइल्याण्डसँग ३–० गोलले पराजित भएको थियो भने दोस्रो खेलमा आयोजक भियतनामसँग ५–० गोल अन्तरले पराजित भएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्