मा प्रकाशित
एजेन्सी ।
इरानमा जारी विरोध प्रदर्शनमा हालसम्म ९० जनाभन्दा बढीको मृत्यु भएको छ । मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको एमेनेस्टी इन्टरनेशनलका अनुसार १६ सेप्टेम्बरबाट सुरु भएको विरोध प्रदर्शनमा हालसम्म २० जना सुरक्षाकर्मीसहित ९० जनाभन्दा बढीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा २० जना बालबालिका पनि रहेका छन् । हिजाबसम्बन्धी नियम उल्लङ्घन गरेको भन्दै ईरानका २० वर्षका महसा अमिनिको प्रहरी हिरासतमा मृत्यु भएपछि प्रदर्शन सुरु भएको हो ।