प्रधानमन्त्री देउवा बिरुद्ध उजुरी – Kanika Khabar
Sunday, September 15Nepali News Portal

प्रधानमन्त्री देउवा बिरुद्ध उजुरी

    मा प्रकाशित

असोज २४, दाङ ।
डडेल्धुराबाट प्रतिनिधि सभामा उम्मेदवारी दिनुभएका काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको नागरिकता र मतदाता नामावलीमा फरक,फरक मिति फेला परेको भन्दै उजुरी परेको छ ।

नागरिकतामा २००३ जेठ ३१ गते जन्म मिति रहेको प्रधानमन्त्री देउवाको मतदाता नामावलीमा २००२ जेठ ३१ गते रहेको पाइएको छ । नागरिकता र मतदाता नामावलीमा फरक फरक मिति रहेको भन्दै उहाँको उम्मेदवारी विरुद्ध उजुरी परेको छ ।

देउवाकै क्षेत्रबाट उम्मेद्वार बन्नुभएका काँग्रेस विपिका कर्ण मल्लले उहाँ विरुद्ध उजुरी हाल्नुभएको हो । नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारको उम्मेदवारीविरुद्ध पनि उजुरी परेको छ। ललिता निवास जग्गा प्रकरणका आरोपित गच्छदारको उम्मेदवारी खारेज गर्न निर्वाचन आयोगमा उजुरी परेको हो ।

गच्छदार पुनः निर्वाचन लड्नु भनेको जनमतको अपमान हुने ठहर गर्दै काठमाडौं महानगरपालिका ७ का विवेक अधिकारीले निर्वाचन आयोगमा उजुरी दर्ता गर्नुभएको हो । नेता गच्छदार बालुवाटार जग्गा प्रकरणमा १० लाख धरौटीमा रिहा हुनुभएको थियो ।

आज निर्वाचन आयोगले उम्मेद्वार बिरुद्ध उजुरी दिन पाउने कार्यतालिका सार्वजनिक गरेको थियो । सोही अनुसार देशभरिका बिभिन्न उम्मेद्वारहरुको उजुरी पर्ने क्रम जारी रहेको आयोगले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्