मा प्रकाशित
एजेन्सी ।
युक्रेनको राजधानी किभमा रूसले हवाई आक्रमण गरेको छ । आज बिहानैदेखि रूसले किभमा ७५ वटा मिसाईल प्रहार गरेको युक्रेनका सेना प्रमुख जनरल भ्यालेरी जालुज्नीले जानकारी दिनुभएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
जसमध्ये ४१ वटा मिसाईल भने वायु रक्षा प्रणालीमार्फत निस्कृय पार्न सफल भएको पनि उहाँले बताउनुभएको छ । रूसले गरेको हमलामा परी १० जनाको मृत्यु भएको छ । कैयौँ घाईते भएको जनरल भ्यालेरीले जानकारी दिनुभयो ।