शताब्दीपुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार हुन सकेन – Kanika Khabar
Sunday, September 15Nepali News Portal

शताब्दीपुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार हुन सकेन

    मा प्रकाशित

असोज २५, काठमाडौँ ।
शताब्दीपुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक बनेकोउपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

छातीमा समस्या आएपछि ललितपुरस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालको सघन कक्षमा उहाँको उपचार भइरहेको छ । अस्पतालले विज्ञप्ति जारी गर्दै जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको तथा अवस्था चिन्ताजनक रहेको जनाएको हो । उहाँको छातीमा निमोनियाको सङ्क्रमण भएकाले एन्टिबायोटिक सुरु गरिएको र मुटुसम्बन्धी समस्या देखा परेकाले त्यसको नियन्त्रणका लागि उपचार थालिएको पनि अस्पतालले बताएको छ ।

जोशीको स्वास्थ्यमा केही सुधार देखिए पनि खतरामुक्त नरहेको अस्पतालले जनाएको छ । आइतबार मुटुको चाल बढेपछि उहाँलाई उच्च मात्रामा अक्सिजन दिएर राखिएको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्